राजनीति

सरकारलाई कांग्रेस सांसदको प्रश्नः भेनेजुएलाको पक्ष लिएर नेपालीलाई के फाइदा ?

सांसद पार्वती डिसी चाैधरी ।

काठमाडौं– नेपाली कांग्रेसका सांसदले सरकार खुलेरै भेनेजुएलाको पक्षमा उभिएको भन्दै आपत्ति जनाएका छन्। 

प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै सांसद पार्वती डिसी चौधरीले नेपालसँग कुनै साइनो र सम्बन्ध नभएको भेनेजुएलाको पक्षमा नेकपा अध्यक्ष पुष्पकमल दाहालको विज्ञप्ति, सोही विज्ञप्तिलाई नेकपाले सदर गर्नु र सरकारको धारणा पनि सोही आशयको आउनुले नेपाली जनतालाई के फाइदा हुन्छ भनी प्रश्न गरिन।

उनले भारतभन्दा बढी सहयाेग अमेरिकाले दिइरहेकाे भन्दै कुनै साइनाे नभएकाे देशका लागि अमेरिकाविरूद्ध विज्ञप्ति निकालेर नेपाललाई केही फाइदा नहुने जिकिर गरिन। स्वतन्त्र सांसद प्रेम सुवालले भेनेजुएलाबारे सरकारको स्पष्ट धारणा माग गरे। उनले यसबारे संसदमा पनि छलफल हुनुपर्ने माग गरे।

कांग्रेस सचेतक पुष्पा भुसालले निर्मला पन्त हत्याका अपराधी सरकारको वरीपरी घुमेको आरोप लगाउँदै अपराधीलाई सरकारले संरक्षण दिएको आरोप लगाइन। उनले १६ वर्ष मुनिका बालिकाको बलात्कार घटनामा फाँसीको सजाय हुनुपर्ने माग गरिन। 

सांसद डिला संग्रौलाले आर्थिक सूचकांक नकारात्मक रहेको भन्दै समृद्ध नेपाल सुखी नेपाली सरकारले कसरी बनाउन सक्छ भनी प्रश्न गरिन।

प्रकाशित: २३ माघ २०७५ ०८:१५ बुधबार

भेनेजुएला नेपाली_कांग्रेस संसद