बुटवल — बाँकेको सुशील कोर्इराला प्रखर क्यान्सर अस्पताल र तनहुँको जिपी कोर्इराला स्वासप्रश्वास अस्पताललार्इसंघीय सरकार मातहत नराखीएको बिषयले प्रदेश ५ को सदनमा प्रवेस पाएको छ। आर्इतबारको संसद् बैठकमा विशेष समयमा बोल्ने प्रतिपक्ष सासंदले उस्तै प्रकृतिका ९ वटा अस्पताललाई संघ मातहत राखेर विस्तारको योजना ल्याउदा यी दुई अस्पताललाई संघ मातहत नराख्ने निर्णय गरेको भन्दै प्रदेशसभामार्फत केन्द्र सरकारलार्इ निर्णय सच्याउन माग गरेका हुन्।
विशेष समयमा बोल्दै रूपन्देहीका सांसद बसिउद्धिन खाँनले शान्ति, प्रजातन्त्र र लोकतन्त्रका लागि आजिवन लडेका स्वर्गीय गीरीजाप्रसाद कोर्इराला र सुशील कोर्इरालाको नामका रहेका अस्पताललार्इ संघ मातहत राखेर तीनको सेवासुविधा विस्तारमा ध्यान दिन केन्द्र सरकारसँग माग गरे। यसअघि मन्त्रिपरिषद्ले गरेको निर्णय तत्काल फिर्ता लिन पनि सांसद खाँनले प्रदेशसभा मार्फत केन्द्र सरकारलार्इ आग्रह गरे।
सभासद खाँनले मर्चवारलार्इ भैरहवासँग जोडने मुख्य बाटो नै अन्तर्राष्ट्रिय विमानस्थलले अधिग्रहण गरिदिँदा दक्षिणका तीनवटा गाँउपालिकाका जनताले आवागमनमा समस्या भोग्नुपरेको बताए। ‘पुरानो बाटो विमानस्थलले भत्काएपछि मर्चवारवासी हिले र धुले बाटो हिँडन बाध्य छन्। त्यसको विकल्पमा नयाँ बाटो बनाउनेतर्फ प्रदेश सरकारको ध्यान जाओस्,’ सांसद खाँनले भने। बर्दियाका सांसद दीपेश थारूले सदनमा आफूहरूले उठाएका माग र समस्याको सम्बोधनमा प्रदेश सरकार गम्भीर नदेखिएको बताए। बर्दियामा निर्माणाधिन हुलाकी राजमार्ग ठेक्का लागेको बर्षदिन बित्न लाग्दासमेत निर्माण सुरु नभएकोप्रति सांसाद थारुले ध्यानाकर्षण गराए। विकासमा वन वाधक भएको भन्दै उनले मध्यस्तकर्ताको भुमीका खेलिदिन प्रदेश सरकारलाई आग्रह गरे। पुरानै डिजार्इनमा हुलाकी राजमार्ग निर्माण भए दर्जनाैँ नेपाली बस्ती डुबानमा पर्ने भन्दै सांसद थारूले हुलाकी राजमार्गको डिजार्इनमै पुनर्विचार गर्न सरकारसँग आग्रह गरे।
आर्इतबारको सदनमा दुईजना सांसदले मात्रै विशेष समय लिएर बोलेका थिए। बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश ५ भवन निर्माण व्यवस्थित एवं नियमित गर्ने सम्बन्धमा बनेको विधेयकमाथि दफाबार छलफलका लागि प्रस्ताव पेस गरेका थिए। त्यसलगत्तै सभामुख पुर्णबहादुर घर्तीले सो विधेयक छलफलका लागि विषयगत समितिमा पठाएको जानकारी गराए। केहीबेर बसेर सकिएको बैठकमा सभासदहरूको उपस्थिति पनि निकै पातलो थियो।
प्रकाशित: १४ माघ २०७५ ०२:१२ सोमबार