राजनीति

आचार्यको एग्रिमो आयो

काठमाडौं – भारतका लागि प्रस्तावित राजदूत निलाम्बर आचार्यको सहमतिपत्र (एग्रिमो) त्यहाँको सरकारले पठाएको छ। आचार्यको एग्रिमो प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उनलाई गत कात्तिक २६ मा बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि राजदूतमा सिफारिस गरेको थियो। भारतका लागि राजदूत दीपकुमार उपाध्यायले गत वर्ष राजीनामा दिएर निर्वाचन लड्न स्वदेश फर्केपछि भारतमा राजदूत पद खाली थियो। एग्रिमो आएसँगै आचार्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गर्नेछिन्। पूर्वमन्त्री आचार्य श्रीलंकाका लागि पूर्वराजदूतसमेत हुन्।

आचार्यसहित राजदूतमा सिफारिस चारजनाको नाम मंसिर २३ मा बसेको संसदीय समितिले अनुमोदन गरेको थियो। इजरायलका लागि सिफारिस भएका अन्जान शाक्य र भारतका लागि सिफारिस भएका आचार्यको एग्रिमो आए पनि मलेसियाका लागि राजदूतमा सिफारिस भएका उदयराज पाण्डे र संयुक्त अरब इमिरेट्सका लागि सिफारिस भएका कृष्णप्रसाद ढकाल भने एग्रिमोको पर्खाइमा छन्। शाक्यलाई राष्ट्रपति भण्डारीले राजदूतमा नियुक्त गरिसकेकी छन्।

प्रकाशित: ७ माघ २०७५ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App