राजनीति

फ्रान्स र थाइल्याण्डका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

फ्रान्सका लागि प्रस्तावित राजदूत दीपक अधिकारी र थाइल्याण्डका गणेशप्रसाद ढकाल । तस्बिरः दिपेश श्रेष्ठ

काठमाडौं– संसदीय सुनवाइ विशेष समितिले फ्रान्स र थाइल्याण्डका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। 

विहीवार सिंहदरवारमा बसेको समितिको बैठकले फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको नाममाथि सुनुवाइ गर्दै अनुमोदन गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। 

मन्त्रिपरिषदले भर्खरै फ्रान्स र थाइल्याण्डसहित विभिन्न देश तथा नियोगका लागि ५ जनालाई राजदूतमा सिफारिस गरेको थियो। सभापति कर्णका अनुसार अन्य ३ जनाको सुनवाइ माघ ८ गतेको बैठकमा गरिने छ। 

प्रकाशित: ३ माघ २०७५ ०८:५१ बिहीबार

प्रस्तावित_राजदूत संसदीय_सुनवाइ_विशेष_समिति अनुमोदन