काठमाडाैं - प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बाेधन लगत्तै विपक्षीहरुले हाेहल्ला गरेका छन्। प्रधानमन्त्रीकाे सम्बाेधन पछि सांसदहरुले प्रश्न गर्न पाउन पर्ने भन्दै उनीहरुले राेष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन्।
सभामुख कृष्णवहादुर महराले सुरुमा प्रश्नाेत्तरको कार्यक्रम नभएको बताएका थिए। तर कांग्रेस सांसदहरुले विरोध जनाएपछि सिमित सांसदलाई मात्रै वोल्न दिने भन्दै सभामुख महराले कांग्रेसका डा. मिनेन्द्र रिजाललाई समय दिएका थिए। तर सवैलाई वोल्न दिनुपर्ने भन्दै कांग्रेसका सांसदहरुले आवाज उठाएपछि सभामुखले प्रश्नाेत्तरको कार्यक्रम नै रोकेका थिए। विपक्षी सांसदहरुले संसद बैठकमा नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
प्रकाशित: २२ पुस २०७५ ०८:५३ आइतबार