राजनीति

परम्परागत शैलीका योजनाले कर्णालीको विकास नहुने : मुख्यमन्त्री शाही

फाइल तस्बिर

सुर्खेत - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले परम्परागत शैलीको योजना निर्माण र लगानीले कर्णालीको विकास असम्भव रहेको बताएका छन्। कर्णाली प्रदेश राजधानी सुर्खेतमा सोमवार भएको कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि द्रुतमार्गको प्रयोग अपरिहार्य रहेकाे बताए।

एसियाली विकास वैंकले नेपालमा ठुलो मात्रामा लगानी गरेको भएपनि त्यसको परिणाम नदेखिएको भन्दै मुख्यमन्त्री शाहीले अवको लगानी प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा हुनुपर्ने बताए। ‘नेता र पहुँचको आधारमा टुुक्रे योजनामा लगानी गरेर कर्णालीको समृद्धि हुनेवाला छैन’ मुख्यमन्त्री शाहीले  भने,‘एउटा मात्रै भएपनि तपाइहरु पुर्वाधारको क्षेत्रमा लगानी गर्नुहोस्।’

कर्णाली प्रदेशमा सडक, विद्युत, उद्योग, पर्यटन र कृषि क्षेत्रका ठुला परियोजनामा लगानीको आवश्यकता रहेको वताउदै मुख्यमन्त्री शाहीले एसियाली विकास वैंकको आगामी रणनीति यस तर्फ केन्द्रीत हुनुपर्ने सुझाव दिए। कर्णालीको गरिबी र विकटता वेचेर व्यक्तिगत समृद्धि हाँशिल गर्ने प्रवृत्ति हावी रहेको वताउदै मुख्यमन्त्री शाहीले परिणाममुखी काममा मात्रै हात हाल्न दाताहरुलाई आग्रह गरे।

प्रकाशित: १७ मंसिर २०७५ ०८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App