राजनीति

उपराष्ट्रपतिकाे जलपानमा विशिष्ठहरू सहभागी

तस्बिरः रासस

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा  राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विभिन्न विशिष्ठ व्यक्ति सहभागी भएका छन्। तिहार, छठ एवम् नेपाल संवत् ११३९ का उपलक्ष्यमा उपराष्ट्रपति पुनले आज जलपान समारोह आयोजना गरेका हुन्। 

उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्द, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतको उपस्थिति थियो। 

जलपानमा विभिन्न राजनीतिक दलका नेता, प्रदेश नम्बर ३ का प्रमुख, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य, सर्वाेच्च अदालतका न्यायाधीश, सवैधानिक निकायका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, प्रदेशसभा सदस्य, राष्ट्रिय योजना आयोगका सदस्य र नेपालस्थित कूटनीतिक नियोगका प्रमुख समारोहमा सहभागी थिए । 

प्रकाशित: १९ कार्तिक २०७५ १२:२१ सोमबार

उपराष्ट्रपति_नन्दबहादुर_पुन राष्ट्रपति_विद्यादेवी_भण्डारी विशिष्ठ_व्यक्ति_सहभागी