राजनीति

उपराष्ट्रपति पुनद्वारा तुलाधरप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले पूर्वमन्त्री एवम् वरिष्ठ मानव अधिकारवादी नेता पद्यरत्न तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। सोमबार साँझ कपुरधारा स्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्वर्गीय तुलाधारको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गरे। उपराष्ट्रपतिले तुलाधरका परिवारजनमा गहिरो समवेदना व्यक्त समेत गरेका थिए।

‘मैले उहाँलाई अस्पतालमा गएर भेटेको थिएँ, आज यस्तो होला भन्ने कल्पना पनि गरेको थिएन। पूर्वमन्त्री एवम् वरिष्ठ मानव अधिकारवादी नेता, नागरिक समाजका अगुवा, नेपालको शान्ति प्रक्रियाको पहलकर्ता आदरणीय पद्यरत्नज्यूको निधले म स्तब्ध भएको छु’, उपराष्ट्रपतिले परिवारजनसँग भने, ‘साधरण जीवनशैली अपनाउनु भएका एक असाधारण व्यक्तित्व आदरणीय पद्यरत्नज्यूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

उपराष्ट्रपतिले तुलाधरको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको बताए। ‘पद्यरत्नज्यूको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको छ। नेपालको परिवर्तनकारी आन्दोलन, विशेष गरी पञ्चायत विरुद्धको संघर्ष, २०६२/६३ को जनआन्दोलन र नेपालको शान्तिप्रक्रियाका लागि उहाँले पुर्यायाउनु भएको योगदा सगरमाथा जस्तो उच्च छ,’ उनले भने, ‘नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक र भाषिक आन्दोलनमा पद्यरत्नज्यूले पुर्याउनु भएको योगदानको म उच्च सम्मान गर्दछु।’

प्रकाशित: १८ कार्तिक २०७५ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App