राजनीति

तुलाधरकाे संघर्षशील जीवनकाे अनुसरण गर्न अावश्यक : महरा

काठमाडाैं - सभामुख कृष्णबहादुर महराले आइतबार निधन भएका मानवअधिकारवादी तथा वामपन्थी राजनीतिज्ञ पद्मरत्न तुलाधरको निधनमा समवेदना प्रकट गरेका छन्। आइतबारै शोक वक्तव्य जारी गर्दै समामुख महराले तुलाधरको निधनले आफुलाई अत्यन्तै मर्माहत बनाएको बताएका छन्।

तुलाधरको निधनले नेपालको अधिकार प्राप्तिको आन्दोलनका एक अभियन्ता, शान्ति प्रक्रियाका कुशल मध्यस्थकर्ता, राजनीतिज्ञ तथा सामाजिक, सांस्कृतिक र पहिचान आन्दोलनका निष्ठावान, इमान्दार र प्रष्ट वक्ता गुमाएको जारी विज्ञप्तीमा उल्लेख छ।

तुलाधरले लोकतन्त्र प्राप्ती तथा मानवअधिकारका लागि गरेको संघर्षको प्रशंशा गर्दै सभामुख महराले उनको निष्ठावान् व्यक्तित्व, इमान्दार र संघर्षशील जीवनलाई सबैले अनुसरण गर्न सकेमा मात्रै उनीप्रति साँचो श्रद्धाञ्जली र योगदानहरुको उचित सम्मान हुने विश्वास व्यक्त गरेका छन्।

 

प्रकाशित: १८ कार्तिक २०७५ १२:०२ आइतबार

सभामुख_कृष्णबहादुर_महरा पद्मरत्न_तुलाधर