राजनीति

‘संविधानको प्रभावकारी कार्यान्वयन आवश्यक’

काठमाडौं – पूर्वराष्ट्रपति रामवरण यादवल संविधानसभाबाट जारी भएको नयाँ संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

प्रजातन्त्रवादी नेता सुन्दराज चालिसेको शतवार्षिकी जन्मजयन्ती तथा सम्मान समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले नयाँ संविधान अनुसार तीनै तहको निर्वाचन सम्पन्न भएपनि त्यसको कार्यान्वयनमा समस्या देखिएको दाबी गरे।

संविधान कार्यान्वयनमा केही जटिलता र समस्या देखिंदा जनतामा उकुसमुकुस र असन्तुष्टीहरु अझै देखिएको गुनासो गर्दै पूर्वराष्ट्रपति यादवले सबै मिलेर असन्तुष्टी र समस्याहरुको समाधान खोज्नुपर्ने तर्क गरे। ‘हामीले सातवटा संविधानको अभ्यास गरिसक्यौं’ यादवले भने, ‘लोकतान्त्रिक संस्कृतिलाई कसरी एक ठाउँमा राख्ने भन्नेमा हामी लाग्न जरुरी छ।’

कार्यक्रममा पूवसभामुख दमननाथ ढुंगान, नेकपा नेता भरतमोहन अधिकारी, कांग्रेस नेताहरु प्रकाशमान सिंह, गगनकुमार थापासहितका नेताले चालिसेले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु-याएको योगदानको चर्चा गरेका थिए।

प्रकाशित: ९ आश्विन २०७५ ०१:३२ मंगलबार

रामवरण_यादवल संविधान