राजनीति

मिश्रले आज नै सपथ लिने

काठमाडौं– संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा नाम अनुमोदन भएपछि ओमप्रकाश मिश्रलाई आजै पद तथा गोपनीयताको सपथ गराउने कार्यक्रम रहेको छ।

उनलाई साँझ ५ :३० बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउने छन्। सपथ पछि आजनै उनले कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ।

आइतबार विहान सिंहदरबारस्थित संसद सचिवालयमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले उनको नाम अनुमोदन गरेको थियो।

 

प्रकाशित: २५ भाद्र २०७५ १०:४० सोमबार

सपथ प्रधानन्यायाधीश