राजनीति

कञ्चनपुरका सिडिअाे र एसपी फेरिए, नयाँ सिडिओमा तारानाथ अधिकारी


काठमाडौं– सरकारले कञ्चनपुरको प्रमूख जिल्ला अधिकारी(सिडिअाे) कुमार बहादुर खड्कालाई हटाएर तारानाथ अधिकारीलाई पठाएको छ। गृहमन्त्रालयले जिल्लाका एसपी डिल्लीराज विष्टलाई पनि हटाएर नयाँ प्रहरी प्रमुख पठाएको छ। गृहले कुवेर कठायतलाई नयाँ एसपीको रुपमा कञ्चनपुर पठाउने तयारी गरेको छ।
बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा जारी आन्दोलनले उग्ररुप लिँदा विहीबार बिहानैदेखि  प्रहरी र आन्दोलनकारीबीच भडप भइरहेको छ।  झडपमा छ जना आन्दोलनकारी र दुई जना प्रहरी घाईते भएका छन्र।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत चलाएको थियो।

भीमदत्त नगरपालिका–२ खोल्टी निवासी १३ वर्षीया निर्मला साउन १० गतेदेखि वेपत्ता थिईन्। साउन ११ गते उनको शव भीनपा – १९ को एक उखुबारीमा फेला परेको थियो।

 

 

प्रकाशित: ७ भाद्र २०७५ १०:३३ बिहीबार

कञ्चनपुर निर्माला_पन्त बलात्कार