राजनीति

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

तस्बिर : नेपाली राजदूतावास, नयाँदिल्ली

नयाँदिल्ली– भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधनमा शोक व्यक्त गर्न नयाँदिल्ली गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।

शुक्रबार दिउँसो भएको भेटमा उनले भारतीय पूर्वप्रधानमन्त्री वाजपेयीको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो समवेदना प्रकट गरेको नयाँ दिल्लीस्थित नेपाली दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सो अवसरमा मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको शोक सन्देश पनि स्वराजलाई हस्तान्तरण गरेका थिए। मन्त्री ज्ञवालीले राष्ट्रिय स्मृति स्थल पुगेर वाजपेयीलाई अन्तिम श्रद्धाञ्जलि दिएका थिए।

प्रकाशित: १ भाद्र २०७५ ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App