राजनीति

प्रधानमन्त्रीले डा. केसीलाई भने : पुन: अनशन बस्ने अवस्था आउँदैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र डा. गोविन्द केसीबीच भेट भएको छ। शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र केसीबीच भेट भएको हो।

भेटमा डा. केसीले सहमति अनुसार चितित्सा शिक्षा विधेयक ल्याउन आग्रह गरेका थिए। प्रधानमन्त्रीले सहमतिप्रति आफु प्रतिवद्ध भएको प्रतिक्रिया दिएका थिए। १५ दिन भित्र माग पुरा गर्ने भनिए पनि सरकारले वेवास्ता गरेको भन्दै डा. केसीले चिन्ता व्यक्त गरेका थिए।

भेटमा केसीले सबै नेपालीले सर्वसुलभरुपमा स्वास्थ्य उपचार पाउनु पर्ने बताएका थिए। प्रधानमन्त्रीले फेरी अनशन बस्ने अवस्था नआउने भन्दै डा. केसीलाई आश्वास्त पारेका थिए। चिकित्सा शिक्षा विधेयकमा तोडमोड गरे पुनः अनशन बस्ने केसीले प्रधानमन्त्रीलाई बताएका थिए।

प्रकाशित: २६ श्रावण २०७५ ०९:०९ शनिबार

डा.केसी अनशन प्रधानमन्त्री