राजनीति

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, जोशी बारे निर्णय हुने सम्भावना कति?

काठमाडौं – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीका बारेमा निर्णय गर्न आज संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दैछ।

बैठक बिहान १० बजेका लागि बोलाइएको छ। पटक–पटक संददीय सुनुवाइ विशेष समितिको बैठक बसेपनि जोशी बारेमा अझै निर्णय हुन सकेको छैन।

जोशीको शैक्षिक प्रमाणपत्रमा विवाद भएपछि उनलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय समितिले लिन सकेको छैन।

जोशीको संसदीय सुनुवाइबारे समयमा निर्णय हुन नसक्दा सर्वोच्च अदालतको न्यायसम्पादन कार्य समेत प्रभावित भएको छ।

प्रकाशित: १८ श्रावण २०७५ ०३:२७ शुक्रबार

संसदीय सुनुवाइ समितिको बैठक बस्दै जोशी बारे निर्णय हुने सम्भावना कति