राजनीति

कामु प्रधानन्यायाधीश जाेशीविरूद्ध परेका उजुरीको छानबिन

काठमाडाैं- प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीविरुद्ध परेको उजुरीबारे संसदीय सुनुवाइ विशेष समितिले मंगलबार उजुरीकर्तासँग छलफल गरेको छ। 

समितिले प्रधानन्यायाधीशमा प्रस्तावित जोशीविरुद्ध उजुरी दिने पाँच जना उजुरीकर्तासँग छुट्टाछुट्टै प्रमाणसहित छलफल गरेको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए। उजुरीकर्ताहरुले दिएको प्रमाणको सत्यतथ्य छानबिन गर्न बुधबार समितिको बैठक बस्नेछ। समितिले बिहीबार प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको सुनुवाइ गर्नेछ। 

सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने प्रावधान रहेको छ। रासस

प्रकाशित: ८ श्रावण २०७५ १६:१० मंगलबार

कामु प्रधानन्यायाधीश जाेशीविरूद्ध परेका उजुरीको छानबिन