राजनीति

राजीनामा दिँदा सम्हालिन सकेनन् कानुन मन्त्री

काठमाडौं– कानुन मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन्। तामाङले मंगलबार कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गरी आफूले नैतिकताको आधारमा राजीनामाको घोषणा गरेका हुन्। ‘पदभन्दा पनि प्रतिष्ठाको खातिर काम गर्ने मान्छे भएकाले प्रधानमन्त्री समक्ष राजीनामा घोषणा गरेको छु’, उनले भावुक हुँदै भने।

५ वर्षे कार्यकाल सहित कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका तामाङले बंगलादेशमा पढ्न जाने नेपाली छात्राहरुबारे दिएको विवादित अभिव्यक्तिका कारण ५ महिनामै राजीनामा दिनुपर्दा आँसु झारे। उनी पत्रकार सम्मेलनमा केही बेर बोल्नै सकेनन् । 

 

 

 

 

५ वर्षे कार्यकाल सहित कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका तामाङले बंगलादेशमा पढ्न जाने नेपाली छात्राहरुबारे दिएको विवादित अभिव्यक्तिका कारण ५ महिनामै राजीनामा दिनुपर्दा आँसु झारे। उनी पत्रकार सम्मेलनमा केही बेर बोल्नै सकेनन्।

प्रकाशित: ८ श्रावण २०७५ १०:०१ मंगलबार

राजीनामा दिँदा सम्हालिन सकेनन् कानुन मन्त्री