राजनीति

पत्रकार सम्मेलनमै रोए कानुन मन्त्री

काठमाडौं– कानुनमन्त्री शेरबहादुर तामाङ पत्रकार सम्मेलनमा रोएका छन्। कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफूले गरेका काम कारवाहीबारे जानकारी दिन र राजीनामाको घोषणा गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा तामाङ भावुक भएका हुन्।

उनी पत्रकार सम्मेलनमा केही बेर बोल्न सकेनन् र आसुँ पुछिरहेको दृश्यले सबैलाई भावुक बनाएको थियो। बंगलादेशमा पढ्न जाने नेपाली छात्राहरुबारे विवादित अभिव्यक्तिको कडा आलोचना भएपछि मन्त्री तामाङले आज पदबाट राजीनामा दिएका छन्।

प्रकाशित: ८ श्रावण २०७५ ०९:२४ मंगलबार

पत्रकार सम्मेलनमै रोए कानुन मन्त्री