राजनीति

राजपाले छान्यो तीन राज्यमन्त्री

 धनुषा - राष्ट्रिय जनता पार्टीले प्रदेश नं २ मा सरकारमा सहभागि हुन तीन राज्यमन्त्री छानेको छ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले तीन राज्यमन्त्रीको नाम पठाएका हुन् । राज्यमन्त्री सिफारिस हुनेमा सहमहामन्त्री सुरेश मण्डल, डिम्पलकुमारी झा र अभिराम शर्मा रहेका छन्।

प्रदेश नं २ मा सरकार गठन भएको पाँच महिनापछि राजपाले तीन राज्यमन्त्री छानेको छ । बुधबार राज्यमन्त्रीले शपथ लिने तयारी छ । राजपाको बैठकले डा झालाई भौतिक पूर्वाधार, शर्मालाई सामाजिक विकास र मण्डललाई उद्योग, पर्यटन वन तथा वातावारण राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।

राजपाको बैठकले परमेश्वर साहलाई प्रमुख सचेतक बनाउने निर्णय समेत गरेको छ। रासस

प्रकाशित: ८ श्रावण २०७५ ०५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App