राजनीति

डा. केसीका माग प्रति सम्पादकहरुको ऐक्यवद्धता

काठमाडै- चिकित्सा शिक्षाको सुधारको माग गर्दै १५ औं पटक अनशनरत डा. गोविन्द केसी प्रति सम्पादकहरुले ऐक्यवद्धता जनाएका छन्।

शिक्षण अस्पताल महाराजगञ्ज पुगेर सम्पादकहरुले डा. केसीको जीवनरक्षाको माग गर्दै ऐक्यवद्धता जनाएका हुन्। डा. केसीको आमरण अनशन लम्बिएको प्रति उनीहरुले चिन्ता समेत व्यक्त गरेका छन्। यस अघिका सबै मुख्य दलहरुका सरकारले मागमा सहमति गरे पनि कार्यान्वयन नगरेका कारण सत्याग्रहको श्रृंखला पन्ध्रौं पटक पुगेको उनीहरुको ठहर छ। उनीहरुले डा. केसीका माग अविलम्व पुरा गर्न सरकारसँग माग समेत गरेका छन्।

प्रकाशित: ६ श्रावण २०७५ १३:३९ आइतबार

डा. केसीका माग प्रति सम्पादकहरुको ऐक्यवद्धता