राजनीति

डा. केसीका समर्थकमाथि लाठीचार्ज २ दर्जन घाइते, २ को अवस्था गम्भीर

काठमाडौ – जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा प्रहरीले लाठी चार्ज गर्दा करिब २ दर्जन समर्थक विद्यार्थी घाइते भएका छन्।

घाइते २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । तनावका कारण घाइतेको उपचारसमेत हुन सकेको छैन। २० दिनदेखि जुम्लामा अनशनरत डा गोविन्द केसीलाई काठमाडौ ल्याउन नेपाली सेनाको हेलिकप्टर जुम्ला पुगेको  छ।

शिक्षा मन्त्रालयका सचिब खगराज बराल नेतृत्वमा केसीलाई लिन टोली जुम्ला पुगेकाे हो। डा. केसीले काठमाडौ आउन नमानेपछि सुरक्षाकर्मीले बल प्रयोग गर्दा झडप भएको हो। 

 

प्रकाशित: ३ श्रावण २०७५ ०६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App