राजनीति

कांग्रेसद्वारा संसद अवरुद्ध, बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ।

चिकित्सा शिक्षा विधेयक फिर्ता लिन माग गर्दै कांग्रेसले सोमबारको बैठक अवरुद्ध गरेको हो। सभामुख कृष्णबहादुर महराले पटक पटक आसन ग्रहणका लागि गरेपनि कांग्रेस सांसदहरु उठेर अवरोध गरिरहे। 

कांग्रेस सांसदहरु नबसेपछि सभामुख महराले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन्।

प्रकाशित: ३२ असार २०७५ ०७:५१ सोमबार

कांग्रेसद्वारा संसद अवरुद्ध बैठक आधा घण्टाका लागि स्थगित