राजनीति

हिन्दुराज्य र राजसंस्था राप्रपाको साझा एजेन्डा : थापा

फाइल तस्विर। नागरिक

रुपन्देही - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एंव पूर्व उपप्रधानमन्त्री कमल थापाले हिन्दु राष्ट्र र लोकतान्त्रिक राजासंस्था हुने गरि पार्टी एकिकरण हुने बताएका छन्। थापा नेतृत्वको राप्रपा, पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपा (राष्ट्रवादी) एकिकरणको प्रक्रिया चलिरहँदा थापाकाे यस्ताे भनाइ अाएकाे हाे।

पार्टी कामको शिलशिलामा रुपन्देही आएका नेता  थापाले सोमबार रिर्पोटस क्लबले गरेको पत्रकार सम्मेलनमा बोल्दै छिट्टै पार्टी एकता हुने बताए। ‘हिजोका पञ्चपृष्ठभूमीका नेताहरुकै वाहुल्यता छ’ उनले भने ‘पार्टी एकता नितिगत र सैद्धान्तिक आधारमा हुन्छ ।’

अध्यक्ष थापाले पदीय बाँडफाँडका बारेमा त्यो सहित केहि बिषयमा छलफल चलिरहेको बताए। उनले हिन्दु धर्म सहित राजासंस्थाको मुद्धा तीन वटै पार्टीको साझा ऐजेन्डा भएको बताए।  तर उनले पार्टी एकता नभएपनि राप्रपा एउटा शक्तिको रुपमा भने रहिरहने प्रष्टाए।

उनले आफूहरुले सत्तामा रहदा र नरहदा पनि हिन्दु राज्य र राजसंस्थाको मुद्धा नछाडेको भन्दै चुनावमा गलत प्रचार हुँदा पराजय भोग्नुपरेको स्विकार गरे। २०६० सालपछि संगठित रुपमा धर्म परिवर्तन गराइएको आरोप लगाउँदै थापाले बहुसंख्यक नेपाली हिन्दु धर्म मान्ने भएकाले हिन्दुराज्यको कुरा आफूहरुले उठाउँदै आएको बताए।  अहिलेको सरकारबाट आशा र आशंका दुवै रहेको बताउँदै सर्वसत्तावाद ल्याउन खोजे आफ्नो पार्टी सशक्त विरोधमा उत्रने बताउँदै थापाले सर्वसत्ताबाद आउने आशंका रहेकाले यसका विरुद्ध काँग्रेससँग आफ्नो पार्टीले सहकार्य गर्न सक्ने बताए।

प्रकाशित: १८ असार २०७५ ११:४५ सोमबार

हिन्दुराज्य राजसंस्था राप्रपाको साझा एजेन्डा थापा