राजनीति

बजेटमाथि उठेका प्रश्नको विभागीय मन्त्रीहरुले आजदेखि जवाफ दिने

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को बजेटमाथि आजदेखि सुरु हुने मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नहरुको विभागीय मन्त्रीहरुले जवाफ दिनेछन्।

संघीय संसद् सचिवालयका अनुसार आज सात विभागीय मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ। आज सञ्चार, खानेपानी, कृषि, कानून, पर्यटन, युवा तथा खेलकुद र महिला बालिकालिका मन्त्रीले मन्त्रालयगत बजेटमाथि सांसद्ले उठेका प्रश्नको जवाफ दिनेछन्।

मन्त्रालयगत बजेटमाथिको छलफल १४ गतेसम्म चल्ने छ। सम्बन्धित मन्त्रीले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि बजेट पारित गर्ने प्रक्रिया शुरु हुने छ।

प्रकाशित: १२ असार २०७५ ०३:०७ मंगलबार

बजेटमाथि उठेका प्रश्नको विभागीय मन्त्रीहरुले आजदेखि जवाफ दिने