राजनीति

उपराष्ट्रपति पुन र मोदीबीच भेट

काठमाडौं- नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेटेका छन्। उपराष्ट्रपति कार्यालय बहादुर भवन पुगेर प्रधानमन्त्री मोदीले उपराष्ट्रपति पुनसँग भेटवार्ता गरेका हुन्।

यस अघि उनलाई सैनिक मञ्च टुंडिखेलमा 'गार्ड अफ अनर' प्रदान गरिएको थियो। पटनाबाट जनकपुर आएका मोदीले जानकी मन्दिरमा पूजा गरेका थिए। मोदी र ओलीले जनकपुर-अयोध्या सिधा बस सेवाको शुभारम्भ गरे। त्यसपछि मोदीले बाह्रविघमा आयोजित नागरिक अभिनन्दन ग्रहण गर्दै सम्वोधन गरे। शनिबार बिहान मोदी मुक्तिनाथ जाने छन्।

प्रकाशित: २८ वैशाख २०७५ १२:०७ शुक्रबार

उपराष्ट्रपति पुन मोदीबीच