राजनीति

भारतीय प्रधानमन्त्री मोदीलार्ई ‘गार्ड अफ अनर’ प्रदान

काठमाडौं–नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ। सैनिक मञ्च टुंडिखेलमा शुक्रबार अपरान्ह आयोजित विशेष समारोहमा मोदीलाई गार्ड अफ अनर दिइयो।

मोदीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्यौ। टुँडिखेलमा गार्ड अफ अनर दिइने मोदी दोस्रो विदेशी पाहुना हुन्। यसअघि पाकिस्तानी प्रधानमन्त्री साहीद खकान अब्बासी टुँडिखेलमा गार्ड अफ अनर पाउने पहिलो विदेशी पाहुना भएका थिए। सरकारले २००७ सालदेखि विदेशी अतिविशिष्ट पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा औपचारिक स्वागत र सम्मान गारत दिँदै आएको थियो। समारोहमा नेपाली सेनाले दुवै देशको राष्ट्रिय गानको धुन बजाइएको थियो। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण तथा उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो।

 

प्रकाशित: २८ वैशाख २०७५ ११:३४ शुक्रबार

भारतीय प्रधानमन्त्री मोदीलार्ई गार्ड अफ अनर प्रदान