राजनीति

मोदीलाई १२१ किलोका तीन वटा मालाबाट सम्मान

जनकपुरधाम – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोका तीन वटा मालाको सम्मान गरिएको छ। 

उनलाई नागरिक अभिनन्दनका क्रममा प्रदेश नम्बर २ का सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोका छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन्। 

मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन पनि गरिएको छ। आज जनकपुरको रंगभूमि मैदानमा आयोजित कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले उनलाई मैथिली भाषामा लेखिएको अभिनन्दनपत्र प्रदान गरी सम्मान गरेका हुन्। 

प्रकाशित: २८ वैशाख २०७५ ०९:१३ शुक्रबार

मोदीलाई १२१ किलोका वटा मालाबाट सम्मान