राजनीति

‘दलितको जवानी चल्छ, तर पानी चल्दैन किन ?’

कालिकोट– नेपाल कम्युनिष्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय अध्यक्ष डम्बरबहादुर विकले हाम्रो समाजमा दलितको जवानी चल्ने तर पानी नचल्नुले समस्या निम्त्याएको बताएका छन् । ‘यो समाजमा जवानीको सम्मान र दलितको अपमान किन हुन्छ ? यसको लागि समाजले बुझ्नेबेला आएको छ,’ उनले भने ।    

कुनै कुरामा समाजले साँस्कृतिक स्वार्थ लिएकाले यसको अन्त्य हुन जरुरी भएको विकले बताए । दलित मुक्ति मोर्चा नेपाल कालिकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा विकले यस्तो बताए । 

समाजमा दलितहरुमाथिको विभेद् अझै नहटेको र पृथ्वीमा जन्मेका सबै मानवजातिको बराबर हक हँुदाहुँदै पनि विभेद रहेको बताए । ‘दलितको जवानी सबैलाई चल्छ,’ उनले भने, ‘तर, तिनै दलितले छोएको पानी चल्दैन ।’

समाजमा रहेको विकृति बिसंगतिविरुद्ध आफूहरुले निरन्तर सघर्ष गर्ने र त्यसका लागि आवश्यक परे सबै प्रकारका आन्दोलन गर्न तयार रहेको विकले बताए । ‘जातीय विभेद्विरुद्ध सबै प्रकार आन्दोलन गर्न तयार छौंं,’ उनले भने, ‘अहिले पनि दलित भएकै कारणले जात लुकाउनुपर्ने अवस्था छ ।’

नेपाल दलित मुक्ति मोर्चा कालिकोटको जिल्ला सम्मेलनले गरेका निर्णय सार्वजनिक गराउन आयोजित पत्रकार पत्रकार सम्मेलनमा पलाँतता गाउँपालिकाको कर्णाली माध्यमिक बिद्यालय खिनमा भएको सम्मेलनले जिल्ला अध्यक्षमा सर्पलाल विकको अध्यक्षतामा २९ सदस्यीय जिल्ला समिति गठन गरिएको जानकारी समेत दिइको थियो । 

प्रकाशित: २३ वैशाख २०७५ १३:४७ आइतबार

दलितको जवानी चल्छ पानी चल्दैन किन