राजनीति

बेलायतमा शेखरको समीक्षा: नेपाली लोकतन्त्रमा लोकरिझ्याइँ र उग्र राष्ट्रवाद चुनौती

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली लोकतन्त्रमा लोकरिझ्याइँ, उग्र राष्ट्रवादजस्ता विषय चुनौती बन्न थालेको बताएका छन् । सोमबार बेलायती संसद् भवनमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । 

‘आज हामी यो प्रयासमा विभिन्न चुनौतीहरू सामना गर्दैछौं,’ नेता कोइरालाले भने, ‘लोकरिझ्याइँ गर्ने राजनीति, उग्र राष्ट्रवाद, साम्प्रदायिकता र आर्थिक राष्ट्रवाद जस्ता कार्यले बहुलवाद र विकासलाई चुनौती दिइरहेका छन् ।’ 

नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले यो तथ्यलाई सन् १९७० को दशकमै यो तथ्य बुझेको पनि कोइरालाले भनेका छन् । ‘यो तथ्य बुझेर सचेत गराउँदै भन्नुभएको थियो– लोकतन्त्र बचाउनुपर्छ, यसलाई कुनै बहानामा कतै बुझाउन हुन्न ।’ बिपीका ती वाक्य आजका दिनमा अझ सान्दर्भिक भएको कोइरालाले बताए ।  

कोइरालाले नेपालको विकासका लागि लोकतन्त्र अपरिहार्य भएको आफ्नो विश्वास रहेको पनि बताए । उनले भने, ‘यसका लागि हामी जनअपेक्षा पुरा गर्न गाउँ र वडा स्तरमा सङ्घीय संरचना अनुरूप लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउने प्रयासमा छौँ । यसले सेवालाई गाउँ र वडा स्तर सम्मै पुर्‍याउन मद्दत गर्दछ ।’ 

प्रकाशित: १ माघ २०८१ १९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App