राजनीति

रवि आइतबार बिहान साढे ८ बजे काठमाडौं अदालतमा हाजिर हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार बिहान साढे ८ बजे जिल्ला अदालत, काठमाडौंमा हाजिर हुने भएका छन्।

रास्वपा नेता दीपक बोहोराका अनुसार लामिछाने आइतबार बिहान जिल्ला अदालत, काठमाडौंमा हाजिर हुनेछन्।

'उहाँ सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८:३० मा नै काठमाडौं जिल्ला अदालतमा हाजिर हुनुहुनेछ,' उनले भने।

उनका अनुसार लामिछाने कास्कीको आवश्यक कानुनी कार्य सकेर काठमाडौंका लागि हिँडेका छन्। 

लामिछानेलाई जिल्ला अदालत, कास्कीले बिहीबार ६५ लाख धरौटीमा रिहा गरेको छ। उनले तोकिएको धरौटी पनि हिजै तिरिसकेका छन्। यससँगै उनी पुन: स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसम्बन्धीको प्रक्रियाका लागि जिल्ला अदालत, काठमाडौंमा हाजिर हुन लागेका हुन्।

कास्कीबाट रिहा भएलगत्तै उनलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको थियो। तर, उनले आफैँ अदालतमा उपस्थित हुने प्रतिबद्धता गरेपछि उनलाई छाडिएको हो।

प्रकाशित: २६ पुस २०८१ १५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App