कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टीले न्यायलयलाई प्रभावित बनाएको आरोप लगाएका छन्।
सोमबार महान्यायाधिवक्ता कार्यालयको ७४ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन्। रास्वपाप्रति लक्षित गर्दै सडक र सामाजिक सञ्जालबाट न्यायालयलार्य प्रभावित बनाएको आरोप लगाए। उनले कानूनी शासनमा सय वटा दोषी छुटे पनि एउटा निर्दोष पर्नु नहुने बताए। उनले लोकतान्त्रिक व्यवस्थालाई जोगाउनु सबैको दायित्व भएको बताए।
उनले भने, ‘कानूनी शासनमा सय वटा दोषी छुटे पनि एउटा निर्दोष पर्नु हुँदैन भन्ने मान्यता छ । तर प्रमाणलाई समेत नमान्ने गरी सोसल मिडिया, फेसबुकबाट प्रेसर गर्ने, सडकबाट प्रेसर गर्ने काम भइरहेको छ । यहाँ भएका न्याय सेवा, कानून सेवाका मूर्धन्य व्यक्तित्वहरुलाई लामो समयपछि आएको यो लोकतान्त्रिक व्यवस्था छ । ठूलो सहादतबाट प्राप्त लाकतान्त्रिक व्यवस्थालाई जसरी प्रहार गरिरहेको छ, हामी सबैको दायित्व छ । कसरी सुदृढ गर्न सकिन्छ।’
प्रकाशित: ८ पुस २०८१ १७:५६ सोमबार