राजनीति

युवाहरुले नेपालमा सुरिक्षत भविष्य देख्‍न छाडे : मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले बितेको ३० वर्षमा नेपालले उल्लेख्य प्रगति गरेको भएपनि युवा पलायन नरोकिएको बताएका छन् ।  

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले विगत ३० वर्षमा आर्थिक, सामाजिक, स्वस्थ्य र शिक्षाका क्षेत्रमा सुधार भएपनि युवाहरुलाई देशमै बस्ने वातावरण भने बन्न नसकेको बताए । 

युवाहरुले देशमा सुरिक्षत भविष्य देख्न छोडेको बताउँदै उनले युवा पलायनको समस्यालाई चिर्न संविधान संशोधनको माध्यमबाट लोकतन्त्रका बाँकी पक्षमा काम गर्न जरुरी रहेको उल्लेख गरे । 

पछिल्लो समय कृत्रिम बहुमतको आधारमा सरकार बनाउने र ढाल्ने खेल भइरहेको उल्लेख गर्दै पूर्वमन्त्री रिजालले संविधानको माध्यमबाट एउटै पार्टीले प्राकृतिक बहुमत ल्याउने गरी व्यवस्था गर्न जरुरी रहेको बताए। 

संविधानको ९ वर्षको अभ्यासको समीक्षा गर्दै संशोधनको काम गर्नुपर्नेमा उनको जोड थियो ।  

प्रकाशित: ८ पुस २०८१ १७:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App