राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको छ ।
यसअघि आइतबार (हिजो) जिल्ला प्रहरी कार्यालय, कास्कीले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसहित सहकारी ठगी र सङ्गठित अपरधमा मुद्दा दर्ता भएको जानकारी गराउँदै सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएको थियो ।
यसपछि रास्वपा नेताहरू सभामुख घिमिरेकहाँ पुगेका हुन् । सोमबार (आज) रास्वपा प्रमुख सचेतक सन्तोष परियार, सांसदहरू गणेश पराजुली र सोबिता गौतम सभामुख घिमिरेको कार्यकक्ष नै पुगेर निलम्बन नगर्न ध्यानाकर्षण गराएका हुन् ।
प्रमुख सचेतक परियारले भने, 'कानुनअनुसार उहाँ (रवि लामिछाने) को पद निलम्बन हुनुपर्ने हो कि होइन भन्ने हाम्रो ध्यानाकर्षण रह्यो ।' जवाफमा सभामुख घिमिरेले आफू कानुनअनुसार अगाडि बढ्ने बताएका थिए ।
रास्वपा नेताहरूले सम्पत्ति शुद्धीकरण र प्रतिनिधिसभा सञ्चालन नियमावलीलाई गलत व्याख्या गरिएको जिकिर गर्दै बताएका छन् ।
यो पनि पढ्नुहोस्
रविको सांसद पद : पहिले बर्खास्त, अहिले निलम्बनप्रकाशित: ८ पुस २०८१ १६:११ सोमबार