राजनीति

योगेशले भने- ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनुपर्छ

<br>

नेकपा (एमाले) का सचिवसमेत रहेका सांसद योगेश भट्टराईले लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनुपर्ने बताएका छन् ।

सोमबार (आज) बसेको समितिको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् ।

उनले भने, 'समितिका सभापतिको श्रीमती फरार रहेको कुरा आइरहेका छन् । अदालतमा उपस्थित हुन राम्रो हुन्छ ।'

भट्टराईले लेखा समिति सुशासन र 'चेक एन्ड ब्यालेन्स'का लागि पनि बनेकाले आर्थिक रूपमा प्रष्ट हुनुपर्ने बताए । 'यो स्पष्टीकरण दिने फोरम त होइन तर, यसबारे प्रष्ट बनाइदिनुस्,’ उनले भने ।

पोखरेलकी श्रीमती अञ्जला कोइराला मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा मुछिएकी छन् । तर, अहिले उनी फरार छिन् । कोइरालासहित २५ जनाविरूद्ध गत पुस २ गते जिल्ला अदालत, मोरङबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

प्रकाशित: ८ पुस २०८१ १५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App