राजनीति

खानेपानीमन्त्रीको निर्देशन: ‘नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्नु’

खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

मंगलबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) पानीपोखरीमा रहेको खानेपानीको भरपर्दो र दिगो एवं न्यायोचित वितरण सुनिश्चित गर्नमा सहयोग पुर्‍याउन अनुगमन, नियन्त्रण र तथ्याङ्क प्राप्ति करण प्रणाली (स्काडा कन्ट्रोल कक्ष) को अनुगमन तथा निरीक्षणका मन्त्री यादवले सो निर्देशन दिएका हुन्।

अनुगमन एवं निरीक्षणका क्रममा मन्त्री यादवले भने, ‘काठमाडौं उपत्यकामा खानेपानीको भरपर्दो र दिगो एवं न्यायोचित रुपमा नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्नुहोला। सबै नागरिकले शुद्ध अनि सफा पानी खान पाउन।’

सोही क्रममा मन्त्री यादवले स्काडाको काठमाडौं स्थित पानीपोखरी नियन्त्रण कक्षबाट स्वचालित रुपमा खानेपानीको वितरण तथा सञ्चालन गर्ने खानेपानी वितरणसँग सम्बन्धित विभिन्न तथ्याङ्क प्राप्त गर्ने, पानीको चुहावट नियन्त्रण गर्ने कार्यमा बाँकी रहेका कामहरु यथाशीघ्र सम्पन्न गर्न समेत निर्देशन दिए।

उनले भने, ‘काठमाडौं उपत्यकामा स्वचालित रुपमा पानी वितरण गरिने र बन्द गरिने प्रणालीसँग सम्बन्धित रहेका सबै कामहरु चाँडो सम्पन्न गर्नुस्। नागरिकले स्वच्छ र शुद्ध पानी समयमै प्रयोग गर्न पाएको आभास गर्न सकुन्।’

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) बाट हाल सञ्चालनमा रहेका खानेपानी सम्बन्धीका सबै कामहरु समयमै सम्पन्न गर्न/गराउन समेत मन्त्री यादवले निर्देशन दिए। ’समयमै नागरिकले शुद्ध पानी खान पाउन, पानीसँग सम्बन्धित रहेका सबै कामहरु तत्काल सम्पन्न गराउनु होला।’ मन्त्री यादवले भने।

प्रकाशित: २ पुस २०८१ १५:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App