राजनीति

दाहालको निष्कर्ष: माओवादीको जनमत गुणात्मक, कांग्रेस–एमालेको ह्रासोन्मुख

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पक्षमा जनमत गुणात्मक रूपमा विकास भएको समीक्षा गरेका छन् । माओवादी केन्द्रको मङ्सिर २८ गते बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले सुनाएको समीक्षाबारे पार्टीका तल्लो तहमा गरिएको रिपोर्टिङमा यस्तो कुरा उल्लेख छ । 

सोमबार अध्यक्ष दाहाल र महासचिव देव गुरुङले प्रदेश समितिका इन्चार्ज र अध्यक्षहरूलाई परिपत्र गर्दै स्थायी कमिटी बैठकमा दाहालले सुनाएको समीक्षाको ६ बुँदे रिपोर्टिङ पठाएका छन् । जसमा स्थानीय तह उपनिर्वाचनमा उत्साह जनक परिणाम प्राप्त भएको र माओवादी केन्द्रको पक्षमा जनमत गुणात्मक रूपमा बढ्दै गएको देखिएको कुरा उल्लेख छ । 

यस्तै अर्को बुँदामा ‘कैयौँ स्थानमा कांग्रेस र एमालेका गठबन्धनका साथै राज्य शक्तिको चरम दुरुपयोगका बाबजुद पनि ती दुई पार्टीको जनमत ह्रासोन्मुख देखिएको छ’ भनिएको छ । 

यस्तै उपनिर्वाचनमा माओवादी केन्द्र एक ढिक्का देखिएको र हरेक तहका नेताकार्यकर्ताको क्रियाशीलताले परिणाम राम्रो आएको पनि समीक्षामा उल्लेख छ । 

यस्तै पुस २ गतेबाट हुने भनिएको केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने गरी सार्ने निर्णय भएको पनि परिपत्रमा उल्लेख छ । 

यस्तो छ परिपत्रको पूर्ण विवरण

प्रकाशित: २ पुस २०८१ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App