संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले भ्रष्टाचार रोक्न मृत्युदण्डको व्यवस्था गरिनुपर्ने बताएका छन् ।
आइतबार संसद् सेवा दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
'परिस्थितिले हामीलाई लोकतान्त्रिक कानुनको अवश्यकता छ । संविधानले बर्जित गर्छ तर, मृत्युदण्डको कानुन अब नेपालमा आवश्यकता छ । यदि यो (भ्रष्टाचार) बदल्ने (रोक्ने) हो भने । गम्भीर खाले जोडिएको विषयवस्तुमा मृत्युदण्डको कानुन आवश्यक छ,’ सभापति पोखरेलले भने ।
उनले जे मन लाग्यो त्यही गर्न पाउने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।
प्रकाशित: २३ मंसिर २०८१ २१:१८ आइतबार