राजनीति

कीर्तिपुरको ४ नम्बर वडामा पनि कांग्रेस विजयी, एमाले चौँथो

काठमाडौंको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उमेदवार राजेन्द्र बानियाँ निर्वाचित भएका छन्। उनले ७ सय ४२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार पविता खड्का (अधिकारी)ले ४ सय ९५ मत ल्याइन् । 

नेकपा (माओवादी केन्द्र)का उमेदवार नारायण विष्ट २ सय ८७ मत ल्याउँदा एमाले चौथो भएको छ। 

नेकपा (एमाले)का उमेदवार बद्री बुढाथोकीले १ सय ५४ मत प्राप्त गरे। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बिजेस बस्नेतले ८७, अर्का स्वतन्त्र उमेदवार मदनप्रसाद दाहालले ५८ मत पाएको निर्वाचन आयोगले जनाएको छ। 

प्रकाशित: १७ मंसिर २०८१ ११:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App