राजनीति

धम्क्याएर पैसा असुल्ने हरिचन्द्रको बयान- दुर्गा प्रसाईंले कबुलेअनुसारको पैसा दिएनन्

व्यापारी, उद्योग, व्यवसायी तथा बैंङ्कर धम्क्याएर पैसा असुल्ने नवीन प्रधान भनिने ३६ वर्षीय हरिचन्द्र फुयाँलले दुर्गा प्रसाईंले कबुलेअनुसारको पैसा नदिएको गुनासो गरेका छन् ।

प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंको निर्देशनमा आफूले उक्त काम गरेको बयान दिएका हरिचन्द्रले कबुलेअनुसारको पैसा नपाएको गुनासो गरेका हुन् ।

उनी पक्राउ परेपछि प्रसाईंले भारतीय ‘आपराधिक समूह’ लरेन्स बिस्नोईको नाममा हरिचन्द्रमार्फत बैंकर र व्यवसायीबाट पैसा असुलिरहेको खुलेको थियो ।

प्रहरी स्रोतका अनुसार हरिचन्द्रले आफूले उक्त काम प्रसाईंकै निर्देशन गरिरहेको बयान दिएका थिए । तर, उनले प्रसाईंले कबुलअनुसारको पैसा नदिएको गुनासोसमेत गरे । प्रहरी स्रोतले उल्लेख गरेअनुसार प्रसाईं र फुयाँलको चिनजान पुरानो हो ।

हरिचन्द्रको भिभो र रेड्मी मोबाइलमा भौचरको फोटोसमेत भेटिएको छ । जसमा 'धम्की कल'का लागि ‘सुपारी’बापत् हरिचन्द्रलाई प्रसाईंले पाँच लाख रुपैयाँ पठाएका थिए । तर, बाँकी पैसा भने आफूले नपाएको गुनासो हरिचन्द्रको छ ।

प्रकाशित: १६ मंसिर २०८१ १५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App