परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा चीनको छन्दु पुगेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा बिहीबार चीनको औपचारिक भ्रमणमा गएकी थिइन् ।
मन्त्री राणालाई छन्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी डाइरेक्टर जनरल लि हुछियाङ र चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले स्वागत गरेका छन् ।
भ्रमणका क्रममा मन्त्री राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । सो भेटवार्ता शुक्रबार चीनको छन्दु सहरमा नै तय भएको छ ।
चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीस्वरूप उनी चीन गएकी हुन् । प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीनको भ्रमणमा निस्किँदैछन् ।
प्रकाशित: १३ मंसिर २०८१ २०:०३ बिहीबार