राजनीति

'जरामै लागेको किरा नफालेसम्म परिस्थितिमा सुधार आउँदैन'

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले हरेक घटनाको प्रतिक्रियाभन्दा समग्रप्रतिको सशक्त विद्रोह आजको आवश्यकता रहेको बताएका छन् ।

'किन नबोलेको ?' भनेर प्रश्न गर्नेहरूको नाममा फेसबूक स्टाटस लेखेको जनाएका मिश्रले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले हाँगामा लागेको किरा फालेर केही नहुने उल्लेख गरेका छन् । 'जरामै लागेको किरा नफाले/नमारेसम्म परिस्थितिमा सुधार आउँदैन । मूलत: म त्यसमा नै केन्द्रित छु,' उनले भनेका छन् ।

त्यसकारण आफू हरेक घटनाहरूमा कम बोलेको जवाफ उनले फर्काएका छन् । 

प्रकाशित: १२ मंसिर २०८१ १४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App