अन्तत: नेकपा (एकीकृत समाजवादी)का कीर्तिपुर नगरपालिका प्रमुख पदका उम्मेदवार भानु रिजालले उम्मेदवारी निष्क्रिय पारेका छन्।
रिजालले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई समर्थन गर्ने जानकारी दिएका छन्। उनले महर्जनलाई जिताउनका लागि उर्दीसमेत लगाएका छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रिजाललाई यसअघि नै उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए तर, रिजालले फिर्ता लिएका थिएनन्। मनोनयन दर्तासमेत गरिसकेका रिजालले मङ्गलबार उम्मेदवारी निष्क्रिय पारेका हुन्।
यससँगै आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुरमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल हुने पक्का भएको छ।
रिजालको विज्ञप्ति हेर्नुस्-
प्रकाशित: ११ मंसिर २०८१ १९:१३ मंगलबार