सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश बनाउनका लागि राष्ट्रिय सोचको आवश्यकता पर्ने बताएका छन् ।
चिनियाँ परियोजना बीआरआईमाथि अनेकन् बहस भइरहेका बेला नेता भण्डारीले यस्तो बताएका हुन् । "राष्ट्र बनाउन राष्ट्रिय सोचको आवश्यकता पर्दछ । व्यक्तिगत स्वार्थमा मुलुक डुबाउनेहरूलाई अब छुट हुँदैन," उनले भनेका छन् ।
नेता भण्डारीले प्रधानमन्त्री चीनमा भ्रमणमा जाँदा बीआरआई सम्बन्धमा के गर्ने भन्ने विवादलाई गलत औँल्याएका छन् । 'गतिशील ब्रम्ह्याण्डमा मुलुकको विकास, समृद्धिका लागि उनीहरूले विकास गरेको नव-नवप्रविधि ,स्वास्थ्य र विज्ञान, सीप सिकाइ र शिक्षालाई नेपालमा भित्र्याउनु पर्दछ । ऋणी बन्ने कुरा गलत हो,' उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओली आगामी मंसिर १७ गते चीनको भ्रमणमा जाँदैछन् । त्यसअघि विभिन्न कोणहरूबाट छलफल र बहस उठेका छन् । कांग्रेस बीआरआई अनुदानका रूपमा मात्रै स्वीकार्ने ठाउँमा पुगेको छ भने प्रधानमन्त्री ओलीको दल नेकपा (एमाले) अझै धरमर देखिन्छ ।
ठीक यहीबेला नेता भण्डारीले यस्तो बताएका हुन् ।
प्रकाशित: ११ मंसिर २०८१ १७:४१ मंगलबार