राजनीति

‘कान्छाराम कन्स्ट्रक्सन’को आबद्धता दुई वर्ष अगाडि नै छाडेको हो: ऊर्जा राज्यमन्त्री तामाङ

ऊर्जा,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले ‘कान्छाराम कन्स्ट्रक्सन’को आबद्धता दुई वर्ष अगाडि नै छाडेको बताएका छन्।

भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी राज्य व्यवस्था समितिमा शुक्रबार भएको छलफलमा महामन्त्री विश्वप्रकाश शर्माले रामेछाप काँग्रेसको सभापति समेत रहेका राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएको विषयमा प्रश्न उठाएका थिए।

महामन्त्री शर्माले ऊर्जा राज्य मन्त्रीको कम्पनी कालोसूचीमा परेको कुरा आएको भन्दै राज्य मन्त्रीले स्पष्ट पार्नुपर्ने माग गरे।राज्यमन्त्री तामाङले महामन्त्री शर्माको प्रश्नको जवाफ दिँदै ‘कान्छाराम कन्स्ट्रक्सन’कम्पनीसँगको आबद्धता साढे दुई वर्ष अगाडि नै छाडेको स्पष्टीकरण दिए।उनले पार्टीले विश्वास गरेर पठाएर नै कानुनअनुसार राज्यमन्त्री भएको उल्लेख गरे। उनले देशको कानुनले आबद्धता नभएको कम्पनी कालोसूचीमा पर्दा मन्त्री छाडेर पुरानै पेसमा फर्कन सक्ने बताए।

उनले २०७९ को सांसदको टिकट पाउनु भन्दा पहिला कम्पनीबाट निस्केको बताए।उनले कानुन, नीति नियम र नेपालको संविधानले कम्पनीमा आबद्धता ठहर भए राजनीतिबाट बाहिर जान तयार रहेको बताए।उनले समितिमा बोल्दै भ्रष्टाचार निवारण ऐनको संशोधनमा अख्तियारमा उजुरी दिन नागरिकताको फोटोकपी अनिवार्य गर्न माग समेत गरे। 

प्रकाशित: ३० कार्तिक २०८१ २१:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App