राजनीति

ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए

चितवन प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादव र प्रहरी प्रमुख एसपी भावेश रिमाललाई केन्द्रमा तानिएको छ। 

सीडीओ यादवलाई गृह मन्त्रालयमा तानिएको हो भने एसपी रिमाललाई प्रहरी प्रधान कार्यालयमा तानिएको हो।

गृह मन्त्रालयले नयाँ सीडीओको रूपमा प्रकाश पौडेललाई पठाएको छ। त्यस्तै  मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी गौतम मिश्रलाई चितवन पठाइएको छ।

चितवनमा रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गर्दै आएको प्रदर्शन नियन्त्रण गर्न नसकेको भन्दै उनीहरुलाई केन्द्रमा तानिएको गृह श्रोतले बताएको छ।

रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला बनाएर नारायणी नदीमा दाह संस्कार गरेका थिए। 

प्रकाशित: ७ कार्तिक २०८१ १७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App