राजनीति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

सहकारी ठगी आरोपमा पक्राउ पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

आइतबार जिल्ला अदालत कास्कीले लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो। 

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आइतबार पेश गरिएको थियो।

प्रकाशित: ४ कार्तिक २०८१ १७:२६ आइतबार

#Rabi Lamichhane