राजनीति

खानेपानीमन्त्रीको आकस्मिक छड्के, १३ कर्मचारी अनुपस्थित

खानेपानीमन्त्री प्रदीप यादवले आज (बुधबार) मन्त्रालय एवं खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा छड्के जाँच गरेका छन्।

दसैं बिदा सकिएसँगै सरकारी कार्यालय खुलेको दुई दिन बित्दासमेत कार्यालयमा कर्मचारी उपस्थित नभएको गुनासो आउन थालेपछि मन्त्री यादवले आज मन्त्रालय एवं विभागका सम्पूर्ण शाखाहरुमा छड्के जाँच गरेका हुन्।

उक्त जाँचका क्रममा खानेपानी मन्त्रालयमा ११ र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा दुईगरी १३ जनाबिना जानकारी अनुपस्थित भएको पाइएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए।

उनले भने, “मन्त्रीले आज आकस्मिक छड्के जाँच गर्नुभएको थियो, सो क्रममा मन्त्रालय र विभागमा १३ जना अनुपस्थित भएको देखिएको छ। अनुपस्थित हुनुका कारण बुझनुपर्ने हुन्छ।”

उक्त छड्के जाँचका क्रममा मन्त्री यादवले काम गर्दा वा अन्य कुनै समयमा समस्या भएमा तत्काल आफूलाई जानकारी गराउन कर्मचारीहरुलाई आग्रह गरेका थिए।

प्रकाशित: ३० आश्विन २०८१ २०:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App