राजनीति

एक अर्कालाई सहयोग गरेर दसैं मनाउन प्रधानमन्त्री ओलीको अनुरोध(भिडियो सन्देश)

प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला एक अर्कालाई सहयोग गरेर दसैं मनाउन आग्रह गरेका छन्।

विजया दशमी २०८१ को अवसरमा भिडियो सन्देश जारी गर्दै उनले  देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको जस्तै अवस्थामा समाजलाई लैजान सरकार लागि परेको भन्दै सरकारसँग हातेमालो गर्न अनुरोध गरेका हुन्। 

उनले भिडियो सन्देशमा भनेका छन् – जो जहाँ छौं, पीडामा परेकाहरूको पीडा हराउनका लागि सहयोगी हातहरू बढाउन आग्रह गर्छु।प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालिको दशैंको टीका उल्लासपूर्ण हुन नसकेको बताए। 

सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको जानकारी दिँदै ओलीले पीडितलाई आश्वस्त रहन पनि आग्रह गरे। 

प्रकाशित: २६ आश्विन २०८१ ०८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App