राजनीति

राष्ट्रसंघको महासभा भैँसी दुन गएजस्तो होइन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभा भैँसी दुन गएर दूध लिएर आए भने जस्तो नभएको बताएका छन्।

सोमबार अमेरिका भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

सञ्चारकर्मीहरूले प्रधानमन्त्रीलाई राष्ट्रसंघको भ्रमणले के अर्थ राख्छ भन्ने प्रश्न गरेका थिए। सो प्रश्नको जवाफ दिँदै ओलीले राष्ट्रसंघको महासभा भैँसी दुन गएर दूध लिएर आए भने जस्तो नभएको बताएका हुन्।

उनले भने, 'कुनै भैँसी दुन गएर दूध लिएर आए भने जस्तो होइन। हाम्रा समस्या, विचारहरू त्यहाँ राख्न गएको हो, राखियो। यो समस्या हाम्रो मात्र होइन विश्वभरको समस्या हो। विश्वले मिलेर समाधान गर्नुपर्छ भन्ने कुरा भो।' 

प्रकाशित: १४ आश्विन २०८१ १८:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App