सङ्घीय संसदअन्तर्गत आज तीनवटा समितिको बैठक बस्दै छ।
सङ्घीय संसद् सचिवालयका अनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ः ३० बजे बस्नेछ। बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट सम्पादन गर्नुपर्ने कार्यक्रम तथा योजना, कार्यसम्पादनमा रहेका समस्या तथा बजेटलगायत विषयमा समितिले जानकारी लिने कार्यसूची रहेको छ। त्यस्तै समस्या समाधानमा आवश्यक सहजीकरण गर्न सकिने विषय र विविध विषयमा छलफल हुनेछ।
त्यसअघि बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ को विषयमा छलफल हुनेछ।
त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक भने पनि आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा नवीकरणीय ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि दफावार र विविध विषयमा छलफल हुनेछ।
प्रकाशित: २८ भाद्र २०८१ १०:३५ शुक्रबार